नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको सभापतिमा पुनः दिनेश अर्याल

२०८१ माघ १९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल

स्याङ्जा, १९ माघ । नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको सभापतिमा पुनः दिनेश अर्याल दोहोरिनुभएको छ । नेपाल रेडक्रस सोसाइटीको चालिसौं अधिवेशनबाट अर्याल सर्वसम्मतिमा सभापतिमा निर्वाचित हुनुभएको हो ।

त्यस्तै सर्वसम्मतिमा महिला सभापतिमा लक्ष्मी थापा, उपसभापतिमा लक्ष्मीकान्त रेग्मी, मन्त्री रामचन्द्र अर्याल, कोषाध्यक्षमा महेशबहादुर थापा (गणेश) उपमन्त्रीमा राजेन्द्रदेव खनाल, उपकोषाध्यक्षमा अर्जुनकुमार पौडेल निर्वाचित हुनुभएकाे छ ।

कार्यसमिति सदस्यमा चुडामणि रेग्मी, विष्णुप्रताप खाँड, रोशन लामिछाने, रमेश रेग्मी, थमनारायण ढकाल, कमलबहादुर खड्का, विश्वेश्वर गिरी तथा महिला सदस्यमा विष्णु सुबेदी गैह्रे र नर्मदा अर्याल निर्वाचित हुनुभएकाे छ ।

चालिसौं अधिवेशनको प्रतिनिधिसभा सदस्य राजु थापाले शुक्रबार उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय