पूजा खड्का
स्याङ्जा,१९ माघ । नेपाली काँग्रेसको केन्द्रीय परिपत्र अनुसारको १०० दिने अभियान स्याङ्जामा सम्पन्न भएको छ ।
कार्यक्रम नेपाली काङ्ग्रेस स्याङ्जा जिल्ला कार्यसमितिको आयोजना र नेपाली काङ्ग्रेस भिरकोट नगर कार्यसमितिको ब्यबस्थापनमा भिरकोट नगरपालिका रहेको भिरकोट सिटिहलमा सम्पन्न भएको हो ।
नेपाली काङ्ग्रेस स्याङ्जाको एक सय दिने अभियानको समापन कार्यक्रमा बोल्दै नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री सांसद धनराज गुरुङले सबैको अपनत्वा हुनेगरी संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने बताउनु भएको भयाे । उहाँले भन्नुभयो “यहीँ हिउदे अधिवेशनबाट संविधान संशोधनको प्रक्रियासुरु हुन्छ ।”
काङ्ग्रेस,एमाले,माओवादी,रास्वा
रिऋ लिएर घ्यू खान नहुने प्रशङ्ग जोड्दै उहाँले सधै बिदेशमा निर्भर हुने अर्थतन्त्र अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । बिदेशबाट ल्याएको समानमा लगाउने करबाट उठेको रकमले देशमा सोचेजस्तो विकास गर्न नसकिने भन्दै देशकै आन्तरिक अर्थतन्त्र बलियो बनाउन पनि यतिबेला सबै राजनैतिक दल एकठाउँमा आउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री गुरुङले काङ्ग्रेस भित्रको एकता स्याङ्जाबाट सुरु गरिएको उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो ” आज सहिद दिवस यिनै सहिदहरुलाई साक्षी राखेर स्याङ्जाबाट एकता अभियान सुरुगरेका छौं ।” पाटीभित्रको गुटबन्दीले सिमिले ब्याक्तीले पद प्राप्त गरेपनी काङ्ग्रेसको लक्षप्राप्ति नहुने उहाँको भनाइ थियो । पाटिको लक्षप्राप्ति गर्न सबैले गुट त्याग्न उहाँको आग्रह थियो ।
नेपाली काङ्ग्रेसका पूर्व उपसभापति तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले नेपाली कांग्रेसले केन्द्रीय परिपत्र अनुसार सुरुवात गरेको सय दिने विशेष अभियानमा जोडिएर पालिका वडा सम्म पुगेर विविध कार्यक्रम गरी मतदातामा जोडिनु राम्रो कार्य गरेको बताउनुभयो। उहाँले अभियानमा जोडिँदै अघि बढ्न सबै जनालाई सुझाब पनि गर्नुभयो।
त्यसै गरी केन्द्रीय सदस्य तथा सय दिने अभियानका लागी स्याङ्जामा खटिनुभएका प्रतिनिधि टेकप्रसाद गुरुङले स्याङ्जामा आपसी संगठन राम्रो भएको विषयलाई उल्लेख गर्दै जनप्रतिनिधि र पार्टी बीच थप समन्वय गर्दै अघि बढेमा विकासमा सहजता हुने बताउनुभयो । उहाँले संगठन हेर्न स्याङ्जा जानुपर्छ भन्ने विपीको भनाइ अहिले पनि ताजा रहेको उल्लेख गर्नुभएको थियो ।
नेपाली काङ्ग्रेस स्याङ्जा जिल्लाका पार्टी सभापति तथा संघीय सांसद राजु थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन जिल्ला सचिव दामोदर लम्सालले गर्नुभएको थियो। जिल्ला कार्यबाहक सभापति केदार काफ्लेले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा गण्डकी प्रदेश माननीय तथा पार्टी उपसभापति कल्पना तिवारी, गण्डकी प्रदेश उपसभापति तथा पूर्व मन्त्री मेखलाल श्रेष्ठ, गण्डकी प्रदेश सभा सदस्यद्वय भोजराज अर्याल र सुनिता थापा, पूर्व सांसद भागवत प्रकाश मल्ल, स्याङ्जा जिल्ला नेपाली कांग्रेस पूर्व कार्यबाहक सभापति कुमार राना, महासमिति सदस्यहरु तुलसी गिरी, छायाराम खनाल, गोविन्द रानाभाट, विष्णु पौडेल, महाधिवेशन प्रतिनिधि चन्द्र राना, पार्टीकापालिका सभापति याम प्रसाद अधिकारी (लक्ष्मण), सुरजकुमार अधिकारी, नरेन्द्रराज पौडेल, डोल राज पोखरेल, मेयर तथा पालिका अध्यक्ष गोविन्दकुमार कर्माचार्य , तुलसीराम रेग्मी, प्रकाश तिवारी , नगर उपप्रमुख भगवती रेग्मी अर्याल, देवि अर्याल लगायत जनप्रतिनिधिहरु, वडा टोल का सभापति प्रतिनिधि, भातृ संगठनका विविध पदमा रहेका व्यक्तित्वहरु, क्रियाशील सदस्य पार्टी प्रति चिन्तन गर्ने व्यक्तित्वहरू, लगायत सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरुले देशमा भएका समस्याका बारेमा चिन्तन गर्दै सुशासनमा पार्टीले जोड गर्नुपर्ने भ्रष्टाचार मुक्त गर्नुपर्ने भ्रष्टाचार नियन्त्रणको लागि प्रभाबकारी योजना बनाएर अघि बढ्नुपर्ने जनप्रतिनिधि र पार्टी बीच समन्वय हुनुपर्ने विपीको समाज बाद गरिवसंग बिसेस्वर नीति लाई ध्यान दिएर समस्या बेरोजगारमा समाधान भएर अघि बढ्नुपर्ने उत्पादन मुखी विकासमा जोड दिने विषयमा चिन्तन गर्दै जनताले महशुस गर्ने गरी कार्य गर्नु पर्ने जस्ता विषयलाई मध्यनजर गर्दै वक्ताहरुले पार्टी र जनता बीच प्रभाबकारी तरिकाबाट अघि बढ्नुपर्ने विषयमा जोड दिनुभएको थियो।
कार्यक्रमको समापन गर्दै संघीय सांसद राजु थापाले देशको आर्थिक अवस्था मजबुत बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको र युवा पलायनले देशमा समस्या रहेको बताउँदै युवाहरु देश भित्रै विकासमा जोडिएर अघि बढ्न आग्रह गर्नुभएको थियो।
सय दिने विशेष अभियान अन्तर्गत पुतलीबजार वडा नं. १ काे कार्यक्रम सहित नगर स्तरिय समापन पनि बुधबार बिहान पार्टी कार्यालय स्याङ्जामा केन्द्रीय सदस्य तथा अभियानका केन्द्रीय प्रतिनिधि टेकप्रसाद गुरुङ्गकाे प्रमुख आथित्यतामा सम्पन्न गरिएकाे थियाे । नेपाली काँग्रेस स्याङ्जामा केन्द्रीय परिपत्र अनुसार सबै वडामा स्थानिय वडाका जनप्रतिनिधि र नगर प्रमुख र उपप्रमुख सहित कार्यपालिका सदस्यहरू संगै गएर मतदाता काे गुनासाे र सुझावहरू सहित अन्तरक्रिया गरिएकाे र यसले समग्र काँग्रेस काे संगठनलाई जाेड पुगेकाे कुरा नेपाली काँग्रेस पुतलीबजार नगर सभापति सुरज कुमार अधिकारीले जानकारी गराउनुभयो ।