चितवन,१९ माघ । मानव अधिकार तथा शान्ति समाज भन्ने अभिप्राय सहित सुरुवात भएको २७ औं राष्ट्रिय मानब अधिकार तथा शान्ति समाज परिषद् केन्द्रीय कार्यसमितिको अधिबेशन बाट अधिवक्ता रेनुका पौडेल प्रथम महिला सभापति हुन सफल हुनुभएको छ। कार्यक्रम माघ १६ र १७ गते गैंडाकोटमा सम्पन्न भएको हो।
बुधबार मानव अधिकार तथा शान्ति समाजको २७ औं राष्ट्रिय परिषद कार्यक्रमको समुदघाटन गर्दै नेपाली कांग्रेस का सांसद डाक्टर शशांक कोइरालाले समाजमा शान्ति स्थापना गर्नको लागि विवेकको प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाले विकास र मानव अधिकार एक सिक्का का दुई पाटा भएको उल्लेख गर्दै विकासको मार्गमा अघि बढ्दा मानव अधिकारको विषयलाई भुल्न नहुने धारणा राख्नुभयो।
त्यसै गरी मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले जिम्मेवार तहमा रहने व्यक्तिहरूले समालोचनात्मक तरिकाले नबोली दिंदा राजनीति मा विकृति आएको उल्लेख गर्नुभयो। त्यसै गरी उहाले जलबायु परिवर्तन का विषय मा आवाज बुलन्द गर्नुपर्ने बताउनुभयो।
त्यसैगरी कार्यक्रम मा सहभागी जनप्रतिनिधि हरुले आफूले गरेका विकास का बारेमा योजना का बारेमा र समस्या भएका विषयमा खवरदारी का विषय मा जोड दिँदै आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो। त्यसै गरी समय मा हुनुपर्ने काम पूरा नभएको भन्दै नारायणगढ बुटवल सडक खण्ड समय मा नसक्दा स्वस्थ बाताबरण मा समस्या हुन गई मानवअधिकार को उपयोग गर्न नपाएको गुनासो समेत वक्ताहरुले उल्लेख गर्नुभएको थियो।
२७ औं राष्ट्रिय मानव अधिकार तथा शान्ति समाज परिषद को निर्वाचनमा निर्वाचित बाकी पदाधिकारी अन्तर्गत वरिष्ठ उपसभापति मा चितवनका राजेन्द्र पौडेल, उपसभापतिमा तेह्रथुम का लक्ष्मीनारायण मिश्र, महिला उपसभापतिमा मोरङ का धन थापा, महासचिव मा सुर्खेत का प्रकाश शाही, कोषाध्यक्षमा ललितपुरका चन्द्रमणी बन्जरा निर्वाचित हुनुभएको छ।
त्यसै गरी सचिवमा कोशी प्रदेश सुनसरीका सन्तोष रौनियार, सचिव मधेस प्रदेश पर्सा का प्रेमचन्द्र पटेल, सचिव मा वाग्मती प्रदेश काठमाण्डौ का दिवाकर पुडासैनी , सचिव गण्डकी प्रदेश कास्की बाट तिर्थराज न्यौपाने, सचिव लुम्विनी प्रदेश रुपन्देही बाट धनपति खना, सचिव कर्णाली प्रदेश सल्यान बाट दिल्ली प्रसाद जैसी, सचिव सुदुरपश्चिम प्रदेश कैलाली बाट भक्तबहादुर विश्वकर्मा, सचिव आदिवासी जनजाती गुल्मी बाट डोर विक्रम श्रीस, सचिव महिला पाल्पा बाट रेनुका देवकोटा,
सचिव दलित तर्फ का दाङ बाट तुलसीराम सुनार
सचिव मधेसी तर्फ का बाँके बाट ज्योति बाल्मिकी,
सदस्यहरुमा काठमाण्डौका उमा गोतामे, झापाका
सुशिला रिजाल, संखुवासभाका कौशल्या खनाल, म्याग्दी का निरमाया मिजार,पाल्पा का अरुण ज्ञवाली
नवलपुर का भानुभक्त रिमाल, दाङ का निर्मला गौतम, सुनसरीका सिताराम कोइराला, चितवनका शम्भु राउत, रुपन्देही का लाल हरी पाण्डे सहित २७ औं राष्ट्रिय मानव अधिकार तथा शान्ति समाज परिषद् को कार्यसमितिमा निर्वाचित हुनुभएको छ।