सिन्धुपाल्चोकमा लिपिङको जंगलमा लागेको आगो सिम्रिक हेलिकोप्टरले निभायो

२०८१ माघ २१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२१ माघ ।  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ को लिपिङको जंगलमा लागेको आगो निभाइएको छ। गत शुक्रबारदेखि लिपिङको जंगलमा ठूलो आगलागी भएको थियो।

आगो निभाउन आइतबार बिहानबाट सिम्रिक हेलिकोप्टर परिचालन गरिएको थियो। नेपालमा सिम्रिक हेलिकोप्टरसँग मात्रै भएको बम्बी बकेटको सहयोगले आगो निभाइएको हो।

आगो निभाउन सिम्रिक हेलिकोप्टरका क्याप्टेन सिद्धार्थ जंग गुरुङ र कप्तान हरेराम थापाको नेतृत्वमा एक टोली खटाइएको थियो। हेलिकोप्टरले स्थानीय प्रहरी र भोटेकोशी गाउँपालिकासँगको समन्वयमा आगो नियन्त्रण गरेको हो।

आइतबारबाट हालसम्म १ लाख लिटर पानी खनाइएको सिम्रिकले जनाएको छ। सिम्रिकको बम्बी बकेटले सडक नपुगेको, दमकल जान नसक्ने साँघुरा गल्ली तथा उच्च पहाडी भेगमा आगो नियन्त्रण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय