वालिङमा स्कारपिओ दुर्घटना हुदाँ ५ जना घाइते

२०८१ माघ २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा , २२ माघ । वालिङ  नगरपालिका वडा नं १४ तमादी स्थित वालिङ(पर्वत कच्ची सडक खण्डमा वालिङबाट सिरबानी तर्फ जाँदै गरेको स्कारपिओ दुर्घटना भएको छ।

ग. १ च. ८९१३ नम्बरको स्कार्पियो जिप मंगलबार बिहान दुर्घटना भएको हाे।

गाडी बाटो देखि अं. ४ मिटर तल खस्दा  ५ जना ब्यक्तिहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरी प्रसाद पौडेलले जानकारी दिनुभयाे ।  प्राथामिक स्वाथ्य्य केन्द्र वालिङ स्याङ्जा उपचार भई रहेको ३ जना सकुसल रहेको र उक्त स्कार्पियोमा चालक सहित ८ जना सवार रहेको जानकारी सूचना अधिकारीले बताउनुभयो।

जसमा घाईते  वालिङ न.पा. १४ सिरबानी बस्ने  ६३ बर्षको उमापति डुम्रेको टाउको र बायां साईडको ढाडमा चोट लागेको छ। त्यसै गरी  ५२ बर्षको भिम प्रसाद डुम्रेको बायां साईडको कुममा चोट लागि घाइते हुनुभएको छ। त्यसै गरी सोही ठाउँमा बसोबास गर्ने  ७८ बर्षको कोषकान्त डुम्रेको टाउको र बायां साईडको कोखामा चोट लागि घाइते हुनुभएको छ।

त्यसै गरी पर्वत जिल्ला पैंयु गा.पा. ६ हुवास बस्ने  ३३ बर्षकी कुम कला तिवारीको बायां साईडको कुममा भित्री चोट लागेको र निज कुम कला तिवारीकी छोरा  ११ बर्षको कमल तिवारीको छातीमा भित्री चोट लागेको प्रहरी स्रोत बाट खुल्न गएको छ।

दुर्घटनाको  थप अनुसन्धान भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार