कुकर्म लुकाउन कांग्रेस-एमाले मिलेका हुन्: राजेन्द्र महतो

२०८१ माघ २६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रूपन्देही, २६ माघ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले कुकर्म लुकाउन कांग्रेस-एमाले मिलेको आरोप लगाएका छन् । उनले कुनै प्रकारले पनि अहिले देशको अवस्थालाई ठीक मान्न नसकिने र देश कुनै पनि क्षेत्रमा ठीकसँग अगाडि बढ्न नसकेको बताए ।

शनिबार बिहान रुपन्देहीको भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष महतोले देशको आर्थिक, सामाजिक, राजनीतिक अवस्था नाजुक रहेको बताए ।

मुलुकको सभ्यता र संस्कृतिमाथि दिनदहाडै आक्रमण भइरहेको उनको भनाइ छ । उनले पाथिभरामा केबुलकार निर्माण गर्न नहुने बताए । पर्यटन क्षेत्रको विकासको नाममा संस्कृति र सभ्यतामाथि आक्रमण गर्न नपाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय