तमु बिधार्थी छोज धि को २९औ स्थापना दिवस

२०८१ माघ २६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल

स्याङ्जा,२६ माघ । नेपाल तमु बिधार्थी छोज धिं जिल्ला कार्यसमिती स्याङ्जाले तमु बिधार्थी छोज धि को २९औ स्थापना दिवस एक कार्यक्रम गरि मनाएको छ ।

स्थापना दिवसको अवसरमा हुँदै तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिषद गण्डकी प्रदेशका अध्यक्ष एवं वालिङ नगर पालिकाका प्रवक्त वालिङ १ का वडा अध्यक्ष पदम राज गुरुङ्ले गुरुङ भाषा सस्कृती संरक्षणको लागि एकतावद्द भएर लाग्न पर्नेमा जोड दिनु भयो

रामबाच्छा तमु समाज भवनमा भएको कार्यक्रम तमु बिधार्थी छोज धि जिल्ला कार्य समितीका बरिष्ठ उपाध्यक्ष ओम प्रकाश गुरुङ को सभापतित्व मा स्वागत प्रचार सचिव थनु गुरुङ संचालन सह सचिव टकमेन गुरुङले गर्नु भएको थियो

कार्यक्रममा तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिषद जिल्ला कार्य समिती स्याङ्जाका अध्यक्ष रबि गुरुङ तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिसद स्याङ्जाका बरिष्ठ उपाध्यक्ष सोम बहादुर गुरुङ

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ जिल्ला कार्य समिती स्याङ्जाका अध्यक्ष तिलक गुरुङ लगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय