क्रान्ति अर्याल
स्याङ्जा ,२७ फागुन । स्याङ्जाको चापाकोट नगरपालिकामा पहिलो पटक चापाकोट क्रिकेट संघ गठन भएको छ । स्थानीय खेलकुद विकासलाई अघि बढाउने उद्देश्यले बनेको यस संघको अध्यक्षमा प्रेम नारायण रेग्मी चयन हुनुभएको छ ।
संघको उपाध्यक्षमा सागर पंगेनी, सचिवमा प्रकाश माझी, कोषाध्यक्षमा सुदीप गैह्रे चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा विनोद मल्ल, रामचन्द्र ढकाल, रविन भट्टराई, दामोदर भण्डारी र हिमाल भण्डारी चयन हुनुभएकाे छ ।
चापाकोट क्रिकेट संघको गठनसँगै चापाकोटमा क्रिकेटको प्रवर्द्धन, खेलाडी उत्पादन र प्रतियोगिता आयोजना गर्न थप सहज हुने अपेक्षा गरिएको छ । स्थानीय क्रिकेट खेलाडी र खेलप्रेमीहरूले यसलाई सकारात्मक उपलब्धिका रूपमा लिएका छन् ।
संघले आगामी दिनमा स्थानीयस्तरमा क्रिकेट लिग सञ्चालन गर्ने, युवा खेलाडीहरूलाई प्रशिक्षण दिने र चापाकोटलाई क्रिकेटको केन्द्र बनाउन दीर्घकालीन योजना ल्याउने योजना बनाएको छ ।