उपभोक्ता ठगिएको गुनासोसँगै जिल्ला प्रशासन स्याङ्जाको सक्रियता

२०८१ माघ २६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का

स्याङ्जा,२६ माघ । व्यवसायिहरुले सामानको मूल्य सूची नराख्दा उपभोक्ता मर्कामा परेको गुनासो आए सँगै स्याङ्जा प्रशासनले उपभोक्ताको मर्कालाई मध्यनजर गर्दै समाधानको लागि आफ्नो सक्रियता बढाएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै स्याङ्जा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, सहायक जिल्ला अधिकारी दीपक पौडेल, स्याङ्जा प्रहरी प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्मा, उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष तथा सदरमुकाम स्थित व्यवसाय सञ्चालन गर्ने स्टेसनरी फोटो स्टुडियो, लेखापढी व्यवसायका प्रतिनिधि तथा जिल्लाका सक्रिय पत्रकार लगायतको सहभागिता सहितको बैठक बसेको हो।

बैठकमा व्यवसायिहरुले सेवाग्राहीसगं लिने शुल्कमा एकरूपता गर्नुपर्ने, कारोबारको दर्ता नगरी सञ्चालनमा रहेका व्यवसायिक फर्म दश दिनभित्र सम्बन्धित निकायमा दर्ता गर्नुपर्ने र जिल्ला प्रशासन कार्यालय लाई जानकारी गराउनुपर्ने निर्णय गरेको छ । यसका साथै भित्री सडकमा संचालित यात्रु बाहक सवारी साधनमा यात्रुहरुले देखने गरी भाडादरको सूची टास्नुपर्ने निर्णय गर्दै कडाइ गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बैठकमा व्यवसायिहरुले अस्वाभाविक रूपमा मूल्य बढी लिएको तथा मूल्य सूचीको तालिका नटासेमा र दर्ता प्रक्रिया बिना व्यवसाय सञ्चालन गर्नेहरूले नियमानुसार कारबाही हुने बताउनुभयो । त्यसैगरी कार्यक्रममा पत्रकारहरुले उपभोक्ता समस्यामा परेको बताउँदै प्रशासनले कडाइ गर्दै नियमानुसार मूल्य सूचीको साथमा बजार अनुगमन र गलत भए कारबाहीमा जोड दिनुपर्ने विषय उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय