यी तीन प्रदेशमा हिमपातको सम्भावना

२०८१ माघ ३०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ३० माघ ।  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको  छ। जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका मध्य र पूर्वी तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ।

आज दिउसो कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदलीको सम्भावना छ । यी प्रदेशको हिमाली भूभागको एक दुई स्थानमा हिमपातको समेत सम्भावना रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने मधेस र लुम्बिनी प्रदेशको मौसम मुख्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय