परराष्ट्रमन्त्री राणा सवार विमान कोलकाता ‘डाइभर्ट’

२०८१ फाल्गुन १६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,१६ फागुन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सवार विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि कोलकाता ‘डाइभर्ट’ गरिएको छ । मौसममा बदलीका कारण विमान अवतरण गर्न नसक्दा कोलकाता डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौललाले जानकारी दिनुभयाे ।

शुक्रबार मौसम बदलीले काठमाडौंमा विमान उडान र अवतरणमा समस्या भएको उहाँले बताउनुभयाे । काठमाडौं उपत्यकाबाहिर पनि अधिकांश विमानस्थलमा ‘भिजिबिलिटी’को समस्या रहेको उहाँले जानकारी दिनुभयाे।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागी भएर परराष्ट्रमन्त्री राणा स्वीट्जरल्यान्डको जेनेभाबाट शुक्रबार स्वदेश फर्कंदै हुनुहुन्थ्याे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार