एकीकृत समाजवादीका स्याङ्जाका अध्यक्ष गिरी बलात्कार अभियोगमा पक्राउ

२०८१ फाल्गुन २३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २३ फागुन । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकीकृत समाजवादीका स्याङ्जा जिल्लाका अध्यक्ष विष्णु गिरीलाई पक्राउ गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ घर भएका ५१ वर्षीय गिरीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत कास्कीले फागुन २ गते प्रहरीलाई पक्राउ पुर्जी दिएको थियो । अदालतको पक्राउ पुर्जीको आधारमा कास्की प्रहरीले फागुन १३ गते स्याङ्जा प्रहरीलाई पक्राउ गरी सहयोग गरिदिन पत्राचार गरेको थियो । स्याङ्जा प्रहरीले २० गते नियन्त्रणमा लिएलगत्तै गिरीलाई कास्की प्रहरीको जिम्मा लगायो । घटना २०८० असोजको हो ।

एकीकृत समाजवादी पार्टीका गण्डकी प्रदेश उपाध्यक्ष एव् स्याङ्जा जिल्लाका अध्यक्षसमेत रहेका गिरीलाई ०८० असोजमा जबरजस्ती करणी गरेको आरोप लागेको थियो । पीडित बालिकाले प्रहरीलाई दिएको बयानअनुसार उनले पटकपटक करणीको प्रयास गर्दै आएका थिए । फागुन १ गते पीडित बालिकाले प्रहरीमा जाहेरी दिएपछि कास्की प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय