महिलालाई अधिकार दिने कुरामा नेपाल अरु देशभन्दा धेरै अगाडी छ : सभापति देउवा

२०८१ फाल्गुन २४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२४ फागुन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले महिलालाई अधिकार दिने कुरामा नेपाल अरु देशभन्दा धेरै अगाडी रहेको बताउनुभएको छ ।

अन्तराष्ट्रिय नारी दिवसका अवसरमा कांग्रेस महिला बिभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले अरु देशमा अझै पनि महिलाहरुले अधिकार नपाइरहेको अवस्थामा नेपाल भने महिलाहरुलाई अधिकार दिने कुरामा अरु देशभन्दा धेरै अगाडी रहेको बताउनुभएको हो । उहाले हरेक स्थानीय तहमा अनिवार्य रुपमा महिला प्रतिनिधित्वको व्यवस्था गरेको र देशभरिमा नै महिलाहरुलाई अधिकारसहित स्थान दिएको धारणा राख्नुभयो । सभापति देउवाले आगामी दिनमा महिलाहरु राज्यका प्रभावकारी निकायमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कांग्रेस नेताहरुले महिलालाई थप अधिकारसम्पन्न बनाउनका लागि कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय