व्यवस्था अनुसार अवस्था परिवर्तन गर्ने नियत र हिम्मत राख्नुपर्छ : महामन्त्री थापा

२०८१ फाल्गुन २४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

सिन्धुली,२४ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारले व्यवस्था अनुसार अवस्था परिवर्तन गर्ने नियत राख्नुपर्ने  बताउनुभएकाे छ । उहाले प्रथम क्षेत्रीय सम्मेलन सिन्धुली १ मा बोल्दै गर्दा व्यवस्था अनुसार अवस्था परिवर्तन गर्ने हिम्मत राखेर बदल्छौं भन्ने भाबना र व्यवहार  रहनुपर्ने बताउनुभयो। उहाले गति ठीक छ भने मती ठीक बनाउनुपर्छ भन्दै सकारात्मक भाब लिएर अघि बढ्न जोड दिनुभयो।

उहाले हाम्रा दाजुभाइ दिदीबहिनी विदेशी भूमिमा दुःख गरेर पारिवारिक रुपमा टाढिएर वैदेशिक मुद्रा आर्जन गर्दै हाम्रो राष्ट्र बैंक मा रकम थुप्रेर बसेको उल्लेख गर्दै यसको लागि लगानी गरेर बजार मा रकम आउन सके सरकारको खुत्रुके मा रकम जम्मा भए पछि मात्र देश विकासमा खुत्रुकेमा संकलित रकम लगानी गर्न सकिने उल्लेख गर्नुभयो । उहाले यसको लागि तिमीहरूले वैदेशिक भूमिमा दुःख गरेर कमाएको रकम अव तिम्रा परिवार छोरा छोरी ले वैदेशिक भूमिमा जान नपर्ने गरी कमाउन सक्नेगरी अघि बढ्छौं भन्ने जिम्मा हामीले लिनुपर्छ र देश भित्र लगानी बढ्दै देश भित्र नै सदुपयोग हुन्छ र निर्माण, लगानी गरेर रोजगार र अवसर सृजना गर्न सकिने बाताबरण हामीले बनाउन जरुरी छ भन्ने बताउनुभयो।

अहिले वैदेशिक रोजगारमा कोही जन्जिर लगाएर फर्कनु पर्ने अवस्था आएको छ कोही अस्वस्थ भएर ल्याउनुपर्ने भएको छ कुनै अलपत्र भएर समस्या भएको छ यसको समाधानको लागि परराष्ट्र मन्त्रालयले कुन नेपाली कहा गएको छ कुन अवस्थामा गएको छ भनेर राम्रोसँग निगरानी र जानकारी लिएर काम गर्यो भने यो समस्या आउँदैन भन्दै सम्बन्धित निकाय ले आफ्नो काम कर्तब्य पूरा गर्न आबस्यक रहेको उल्लेख गर्नुभयो। त्यसै गरी उहाँले परिवार बिरामी छ भनेर कहिले मन्दिरको छेउमा कहिले गाडी मा कहिले बाटोमा सहयोग माग्दै बस्ने अवस्थाको अन्त्य गर्ने गरी पहल र सहज स्वास्थ्य मन्त्रालयले गर्ने हो भने समस्या रहन पाउँदैन भन्दै आफ्नो जिम्मेवारी सकारात्मक तरिकाले अघि बढाउन आग्रह गर्नुभयो।

अहिले को समय ऊर्जा मन्त्री र विद्युत को विषयलाई मध्यनजर गर्दै सरकारको बदनियत होकी ढंग नपुगेर बेढङ्गको कारण हो सरकारलाई लागिरहेको विषयलाई ध्यान मा राख्दै प्रधानमन्त्रीले गलत भए रोक्न आवश्यक रहेको उल्लेख गर्दै अर्को व्यक्तिलाई जिम्मा लगाउन आवश्यक रहेको बताउनुभयो। उहाले राम्रो काम को श्रेय प्रधानमन्त्रीले लिने हो भने अपजसको पनि जिम्मा लिनुपर्छ भन्ने बताउनुभयो।

संविधानको विषयमा उहाले ५र ६ महिनामा हामीले ३०र४० वटा कानुन बनाउन चाहन्छौ भन्दै जसले प्रदेश मा काम गर्न स्थानीय स्तरमा काम गर्न सहज हुने बताउनुभयो। उहाले सरकार ठूलो बनाउने होइन सानो बनाउनुपर्छ प्रदेश मा पनि सानै बनाउँदा सहज हुन्छ त्यसका लागि निर्वाचन प्रणालि बदल्नुपर्छ भन्ने बताउनुभयो। उहाले माओवादीको चकचके प्रवृतिका कारण कांग्रेस र एमाले गठबंधन को अवस्थामा पुर्याएको उल्लेख गर्दै सबैलाई मूर्ख बनाउने र खेलाउने प्रवृति का कारण आज अवस्था परिवर्तन भएको जनाउनुभयो। उहाले माओबादी को युद्ध जनयुद्ध होइन व्यक्ति हत्या जनयुद्ध हुन सक्दैन भन्दै जनयुद्ध भनेर न हिजो न आज मानियो र भोलि पनि नमान्ने उल्लेख गर्नुभयो। उहाले व्यवस्था हामी सबै मिलेर ल्याएका हौं सरकारको यति आलोचना गरेर आगोमा घिउ थप्ने काम नगर्न माओवादीलाई सुझाब समेत गर्नुभयो। मध्यावधि ल्याउँदा अहिले समस्या भएको उल्लेख गर्दै माओबादी साथी सँगै लिएर जान चाहन्छौ माओबादी नेता हरु पनि यसमा दुस्साहस नगर्न आग्रह गर्नुभयो।

उहाले पार्टी भित्रको गुट को विषय उजागर गर्दै यसको अन्त्य गर्नको लागि देशभरका क्रियाशील सदस्य भएका व्यक्तिले मतदान गर्न पाउने व्यवस्था गर्यो भने गुट को अन्त्य हुने जानकारी गराउँदै गुट को अन्त्य गर्न लाग्नुपर्ने बताउनुभयो। उहाले हामी ले आफ्ना मात्र कुरा गरेर अघि बढ्ने नभै हाम्रो संगठनले हाम्रो विचार ले समाज र राष्ट्रमा विकास र परिवर्तन सकारात्मक प्रभाव पार्ने तागत हुनुपर्छ भन्ने बताउनुभयो। उहाले किसान संगठनले किसान का समस्या का कुरा विद्यार्थी संगठनले विद्यार्थीका समस्या र समाधानका उपायहरु खोज्ने आ आफ्ना संगठनले आ आफ्ना संगठनका मुद्धा उठाएर देश समृद्धिमा हामी लाग्नुपर्छ भन्दै पार्टीको आडमा चोखिने मौका कसैले पाउनु हुँदैन गलत गर्ने ले दण्ड पाउनुपर्छ भन्ने उल्लेख गर्दै आ आफ्ना समस्या संगठन बाट उठाउन सके र समाधानको विकल्प तय गर्न सके समृद्धि ल्याउन समय लाग्दैन । यसको लागि जिम्मेवारी वहन गर्दै जान्ने र बुझ्ने ले खवरदारी गर्दै हातेमालो गर्दै एकीकृत तवरमा अघि बढ्दा परिस्थिति सहज र सबल बन्ने उल्लेख गर्दै एकता भएर अघि बढ्न, पार्टी का नीति नियम लाई ध्यान मा राख्दै इमान्दारिताको नीति लिएर अघि बढ्न आग्रह गर्नुभयो।

अव आउने चुनाव मा घोषणा पत्र लिएर नभै परिणाम पत्र लिएर चुनाव मा जाने गरी काम गर्न मन्त्रीहरुलाई अनुरोध गर्नुभयो। उहाले हामी विपी १८ महिना सरकार चलाउँदै गर्दाको परिणाम माथि गर्व गर्छौं भने हामी सामु ३६ महिना पुरा छ यही समय मा हामी काम गर्न सक्छौं जिम्मेवारी पूर्वक काम गरेर देखाउन अनुरोध गर्दै राम्रो काम को प्रचार हामी गर्छौं सहयोग को लागि हामी छौ भने गलतको विरोध पनि गर्छौं भन्दै संगठित भएर परीणाम आउने गरी काम गर्न अनुरोध गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय