सुर्खेत ,२५ फागुन । गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले नहौसिन चेतावनी दिनुभएकाे छ । आइतबार बिहान सुर्खेतमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले यस्तो चेतावनी दिनुभएकाे हाे ।
केही मानिसले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्,’ गृहमन्त्रीले भन्नुभयाे, ‘त्यो भ्रममा राजाले हौसिन आवश्यक छैन ।’
जनताले आन्दोलन र क्रान्ति गरेर फालिसकेको राजालाई लोकतन्त्रमा फर्किसकेको जनताले फेरि फर्काएर ल्याउँछ भन्ने विश्वास पनि नगर्न गृहमन्त्रीले आग्रह गर्नुभयाे ।