कर्णाली प्रदेश सरकारलाई ‘प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण’

२०८१ फाल्गुन २५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुर्खेत , २५ फागुन। गृहमन्त्री रमेश लेखकले कर्णाली प्रदेश सरकारलाई ‘प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण’ गर्नुभएको छ । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमकाबीच गृहमन्त्री लेखकले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत इत्रामस्थित रहेको प्रादेशिक आपतकालीन गोदामघर लिखित रुपमा हस्तान्तरण गर्नुभएको हो ।

सो क्रममा मन्त्री लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नीति, निर्देशन र स्वामित्वमा रहेको अधिकारलाई प्रदेशमा हस्तान्तरण गरिएको उहाले बताउनुभयो । उहाले अब विपद् पर्दा केन्द्रमा सोध्नु नपर्ने र त्यसको व्यवस्थापन प्रदेश सरकार आफैँले गर्न सक्ने धारणा राख्नुभयो । सरकारले विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर आपत्कालीन गोदामघर सातवटै प्रदेशमा व्यवस्था गरेको उहाले जानकारी दिनुभयो ।

गृहमन्त्री लेखकले डोटी, बझाङ, बाजुरा र जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त संरचनाको विवरणअनुसार पुनःनिर्माण र पुनःस्थापनका कार्यलाई अगाडि बढाइएको बताउनुभयो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री कँडेलले आपतकालीन गोदामघर हस्तान्तरण गर्न सात वर्ष लागेको भन्दै हस्तान्तरित संरचनासँगै सङ्घीय सरकारले आवश्यक बजेटको व्यवस्थापनसमेत गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय