बुटवल उच्च अदालत पुगे रवि

२०८१ फाल्गुन २६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २६ फागुन  । रास्वपा सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गराउनु भएको छ ।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ १३ गते रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिएर उहाँलाई थुनामुक्त गर्ने आदेश दिएको थियो । फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दर्ता गराउनु भएको हो ।

निवेदन दर्ता गराएपछि लामिछानेले आफूले बोल्ने समय नजिक आउँदै गरेको भन्दै समयआएपछि सवै कुरा बोल्ने प्रतिक्रिया दिनुभयो ।

आफु बोल्ने नै मान्छे भएको भन्दै उहाले केहि समय प्रतिक्षा गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय