एउटा जुलुश निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा छैन : प्रधानमन्त्री ओली

२०८१ फाल्गुन २६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २६ फागुन  । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा जुलुश निकाल्नुपर्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा नरहेको बताउनुभएको छ ।

राजावादीको प्रदर्शनमा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोग भएको प्रति प्रधानमन्त्री ओलीले जुलुस निकाल्न बिदेशीको फोटो प्रयोग गर्नुपर्ने अवस्थामा देश नरहेको टिप्पणी गर्नुभएको हो ।

सोमबार काठमाडौंमा गैह्रसरकारी संस्था महासंघको ११ औं महाधवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोगको आलोचना भएपछि केपी ओलीले जुलुसमा मान्छे घुसाएको भन्ने तर्क गर्ने गरेको समेत बताउनुभयो । उहाले राजावादीको जुलुस आफुले गराएको र फोटो पनि आफुले राखेको भन्दै कटाक्ष गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक, प्रणालीविरोधी र असम्वैधानिक कुराहरूमा लाग्ने फुर्सद नभएको र देश बनाउने अघि अभियानमा लागेको बताउनुभयो ।

उहाले बाह्य अनुदान सहायतामा भर नपरि आफ्नै ढंगले मुलुकको बिकासमा लाग्नुपर्ने बताउनुभयो । बाह्य सहयोग जुनसुकै अवस्थामा रोकिन सक्ने भएकाले अनुदान नआउदा पनि मुलुक चल्ने गरि आत्मनिर्भर हुने बाटोतर्फ अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्बर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

सामाजिक संस्थाले असफलताको मात्र नभइ सफलता,आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै उहाले विकासको प्रयासमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय