काठमाडौं, २७ फागुन । व्यवसायी दुर्गा प्रसाईंले कमल थापा र राजेन्द्र लिङ्देनले फ्रड काम गरेकाले मुलुकबाट राजसंस्था हटेको आरोप लगाउनुभएको छ ।
मंगलबार आफ्नै निवास भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले २०७२ मा कमल थापा र राजेन्द्र लिङ्देनले हस्तक्षर गरेकै कारण मुलुकबाट राजसंस्था हटेको आरोप लगाउनुभएको हो । राजसंस्थालाई तिलाञ्जली दिएका थापा र लिङ्देनले अहिले धमिलो पानीमा माछा मार्न खोजेको उहाले बताउनुभयो । प्रसाईंले आफ्नै कारणले अहिले पूर्वराजाको पक्षमा माहोल बनेको दावी गर्नुभयो । आफु थापा र लिङ्देनको गोठाला नभएको भन्दै उहाले आन्दोलन गर्न परे पूर्वराजासंग मिलेर गर्ने तर्क गर्नुभयो ।
उहाले अहिलेका लडाइमा सारथि भएर रथ चलाउन पूर्वराजालाई सुझाव दिदै आफु अर्जुनको भूमिकामा बाण चलाउने जिकिर गर्र्नुभयो ।