शिक्षासम्बन्धी मुद्धालाई प्रभावकारी ढंगले उठाउनुपर्छ : अध्यक्ष अधिकारी

२०८१ फाल्गुन २८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , २८ फागुन। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले शिक्षासम्बन्धी मुद्धालाई प्रभावकारी ढंगले उठाउने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा प्याब्सनको नयाँ कार्यसमितिको सपथ ग्रहण तथा पदभार ग्रहणपछि सञ्चारकर्मी संग कुरा गर्दै अध्यक्ष अधिकारीले विद्यालय शिक्षा ऐनमा निजी विद्यालयका विषय समावेश गर्ने, निजी विद्यालयका सम्पतीको सुरक्षा लगाएत समग्र शिक्षासम्बन्धी मुद्धालाइ प्रभावकारी ढंगले उठाउने बताउनुभएको हो ।

विद्यालयहरु आजिवन कम्पनीमा रहनुपर्छ भन्ने प्याव्सनको मान्यता रहेको उहाले बताउनुभयो ।

उहाले निजी विद्यालयका कारण मुलुकको शिक्षा क्षेत्र राम्रो हुदै गएको भन्दै देशभरका निजी विद्यालयलाई असल विद्यालयको रुपमा स्थापीत गर्ने गरि अघि बढ्ने उल्लेख गर्नुभयो ।

प्याव्सनको १६औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन हुनुभएको थियो । निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष डीके ढुंगानाले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय