ग्लोबल मनी विकको अवसरमा गरिमाको गल्याङमा वित्तीय साक्षरता कार्यक्रम

२०८१ चैत्र ६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,६ चैत । गरिमा विकास बैंकको गल्याङ शाखाले ‘ग्लोबल मनी विक २०२५’ को अवसर पारेर बुधबार गल्याङको आदर्श आवासीय माबीका विद्यार्थीहरुलाई बैंक सम्बन्धि साक्षरता कार्यक्रम गरेको छ ।

‘अनुसरण गर्नुअघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं अरूका कुरा सुनौं तर आधिकारिक कुरा सुनी निर्णय गरौं’ भन्ने मूल नारासाथ सुरुभएको ग्लोबल मनी विक २०२५ अन्तर्गत बुधबार बिधालयका बिद्यार्थीहरुलाई शाखामा भ्रमण गराएर बैंक सम्बधित साक्षरता प्रदान गरिएको बैंकका शाखा प्रमुख यादव भट्टराईले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो ।

सातै प्रदेशमा रहेका शाखा कार्यालय मार्फत विद्यार्थी, कर्मचारी, मजदुर, कृषक लगायतलाई डिजिटल बैंकिङ, बचत, कर्जाको सदुपयोग, साइबर सुरक्षा, तथा वित्तीय कारोबारका फाइदाबारे सचेतना दिने कार्य  बैंकले गरेकाे छ।

सन् २०१२ देखि १७६ भन्दा बढी मुलुकमा मनाइँदै आएको ग्लोबल मनी विक मुख्यतः किशोर ,किशोरी तथा युवा, युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरूकता फैलाउने उद्देश्यले सञ्चालन गरिएको विश्वव्यापी अभियान हो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय