कृषिमा प्रयोग हुने यन्त्र र उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था छैनः कृषि मन्त्री अधिकारी

२०८१ चैत्र ९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ९ चैत।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको बताउनुभएको छ ।

शनिबार ललितपुरमा नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौ वार्षिक साधारण सभालाई सम्वोधन गर्दे मन्त्री अधिकारीले एकातिर कृषिलाई यन्त्रीकरण गर्दे जानु पर्ने आवश्यकता रहेपनि त्यस्ता यन्त्र तथा उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको बताउनुभएको हो ।

हजारौ, लाखौ रुपैया खर्च गरेर खरिद गरेका मेसिन मर्मत गरिरहन किसानले खर्च धेरै गर्न परिरहेको भन्दै उहाले यस्तो अवस्थाको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।

कृषि यान्त्रिकीकरणको प्रवद्र्धनमा व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको र अव यस्ता यन्त्र उपकरण स्वदेशमै वनाउन पहल गर्न व्यवसायीहरुलाई मन्त्री अधिकारीले आग्रह गर्नुभयो ।

उहाले उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन, र दीगो कृषि प्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिदै सरकार अघि वढेको बताउनुभयो ।

उहाले आधुनिक कृषि यन्त्र तथा उपकरणहरूमा अनुदानका कार्यक्रमहरु निरन्तर सञ्चालनमा ल्याएका कारण उत्पादन वृद्धि भएको दावी समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार