प्रचण्ड काठमाडौँ फर्किएपछि प्रमुख तीन दलका शीर्ष नेताबिच छलफलको तयारी

२०८१ चैत्र १०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १० चैत । शान्ति प्रक्रियाको बाँकी कामबारे छलफल गर्न प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबिच छलफलको तयारी भएको छ । हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा रहेका प्रमुख प्रतिपक्ष दलका नेता तथा पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँ फर्किएपछि टीआरसीको विषयमा शीर्ष नेताबिच छलफल हुने प्रचण्डका सचिवालयले जनाएको छ ।

अभियानको क्रममा चितवनमा रहेका प्रचण्ड आइतबार साँझ काठमाडौँ फर्किँदैछन् । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले टीआरसी बाहेक अन्य विषयमा भने छलफल नहुने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय