स्याङ्जा,१० चैत । वालिङ नगरपालिका वडा नं ६ मा सवारी दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नं ७ केहोरे हिलेपानीकी ४८ वर्ष दीलसरा आले रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रवेश तिवारीले जानकारी दिनुभयाे ।
अन्दाजी ०३:०० बजेको समयमा वालिङ नगरपालिका-६ माझकोट स्थित वालिङ चापाकोट भित्री सडक खण्डमा ग १ ज ७५११ न.को Winger सडकबाट अन्दाजी १५० मिटर तल खस्न गई दुर्घटना भएको परेको थियो ।
थप विवरण आउन बाँकी छ ।