गण्डकी र कर्णालीका केही ठाउँमा चट्याङसहित वर्षा

२०८१ चैत्र २४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २४ चैत । आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेका कारण केही ठाउँमा बदली भएको हो ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा आगामी २४ घण्टामा  मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय