धनगढी, २७ चैत । कैलालीमा एक युवकको शव फेला परेको छ ।
गोदावरी नगरपालिका–९ को दुर्गा मन्दिर पछाडि आज बिहान युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
उनका अनुसार मृतकको नाम, थर र वतन खुलेको छैन । उनको उमेर अन्दाजी ३५/३६ वर्षको छ ।
प्रहरीले घटनास्थल सुरक्षित गरेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ ।