जयगढका आगलागी पीडितलाई राहत बाँड्न प्रदेश सरकारले दियो ५० लाख

२०८१ चैत्र २७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कैलाली, २७ चैत । अछामको जयगढ बजारमा मंगलबार बेलुकी भएको आगलागी पीडित परिवार र व्यवसायीलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्कालका लागि ५० लाख रुपैयाँ राहत बाँड्ने निर्णय गरेको छ ।

बुधबार बिहान मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकले आगलागी पीडितलाई वितरण गर्न तत्कालका लागि बान्नीगढी जयगढ गाउँपालिकालाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता आमोद दाहालले जानकारी दिए ।

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा आगो बजारमा फैलिएको थियो ।

जयगढ बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा आगो फैलिएको थियो । आगलागीबाट २७ घर जलेका थिए । जलेका २७ घरहरुमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र मंगलसेन नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट ७ करोडभन्दा बढी क्षति भएको प्रदेश सरकारको प्रारम्भिक रिपोर्ट छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार