काठमाडौ,५ बैशाख। नेपाली काङ्ग्रेस स्याङ्जा काठमाडौ सम्पर्क समितिको आयोजनामा शनिवार अर्थात् चैत ६ गते नव बर्षको शुभकामना आदानप्रदान तथा चियापानको कार्यक्रम हुने भएको छ ।
सम्पर्क समितिका सभापति देवि प्रसाद अर्यालका अनुसार शनिवार काठमाडौको बसुन्धारामा रहेको गोधुली फुडल्याण्डमा बिहान ७:३० बजेदेखि कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाली काङ्ग्रेसका उपसभापति,पुर्व मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेपाली काङ्ग्रेस स्याङ्जाका बिशिस्ट ब्याक्तीहरुको उपस्थिति रहने सभापति अर्यालले हेर्नेकुरा डटकमलाई जानकारी दिनुभयो ।