काठमाडौं, ५ वैशाख । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन् ।
सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले भट्टलाई गभर्नर बनाउने बचन दिएपछि उनले कार्यकारी निर्देशकबाट राजीनामा दिएको स्रोतले जनाएको छ ।
गभर्नर बन्नका लागि कार्यकारी पदमा रहने/नरहनेबारे कुनै नीतिगत उल्झन नरहे पनि भट्टले राजीनामा दिएका हुन् ।