कक्षा १२ को परीक्षा स्थगित भएको हल्ला

२०८२ बैशाख ५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ५ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को परीक्षा नसरेको स्पष्ट पारेको छ ।

सामाजिक सञ्जालमा बोर्डको लेडरप्याडमा अध्यक्षको हस्ताक्षर राखेर परीक्षा स्थगित भएको भ्रमपूर्ण सूचना सेयर हुन थालेपछि बोर्डले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो ।

बोर्डले यस्ता भ्रामक सूचनाको भर नपर्न र आधिकारी वेबसाइटमा प्रकाशित सूचनालाई मात्र ध्यान दिन आग्रह गरेको छ ।

त्यस्तै, विद्यार्थीहरूलाई धैर्यतापूर्वक परीक्षाको तयारीलाई निरन्तरता दिन आग्रह पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय