सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी निर्वाचित

२०८२ बैशाख ६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,६ बैशाख । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी र महासचिवमा राधा खनाल निर्वाचित हुनुभएकाे छ। शुक्रबार भएको ९ औं महाधिवेशनमा सञ्चारिका समूहको  निर्वाचित भएको हो।

सञ्चारिका समूहको पदाधिकारीमा नेकपा (एमाले) निकट प्रेस चौतारी र नेपाली काग्रेस निकट प्रेस युनियनको संयुक्त प्यानल नै निर्वाचित भएको छ । शुक्रबार राति सम्पन्न निर्वाचनमा चौतारी युनियनको संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार कमला पन्थी निर्वाचित हुनुभएकाे हाे ।

उहाँले १४९ मत प्राप्त गरेर निर्वाचित हुदाँ निकटतम प्रतिस्पर्धी पवित्रा सुनारले ८७ मत प्राप्त गर्नुभएकाे छ । प्रेस चौतारी निकट रहेकी पन्थी यस अघिकी अध्यक्ष बिमला तुम्खेवासँग पराजित हुनुभएकाे थियाे भने प्रेस चौतारीकी तत्कालिन केन्द्रीय सदस्य समेत रहेकी सुनार सञ्चारिका समूहकी वर्तमान उपाध्यक्ष हुनुहुन्छ ।

यस्तै उपाध्यक्षमा १२८ मत प्राप्त गर्दै बसन्ती बास्तोला निर्वाचित हुदाँ उहाँका निकटतम प्रतिस्पर्धा लोग्शरी कुँवरले १०० मत प्राप्त गर्नुभएकाे छ । कुवँरलाई पनि प्रेस चौतारीले संगठनको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरिसकेको छ ।

सञ्चारिका समूहको महासचिवमा भने राधा खनाल निर्विरोध निर्वाचित हुदाँ सचिवमा उर्वसी बस्न्यात १०७ मत ल्याएर विजयी हुनुभएकाे छ । उहाका निकटतम प्रतिस्पर्धी नुनुता राई १०३ मत प्राप्त गर्नुभएकाे छ । बस्न्यात राईसँग सबैभन्दा कम ४ मतान्तरले मात्रै बिजयी हुनुभएकाे हाे ।

यस्तै कोषाध्यक्षमा साजना तामांग १२० मत प्राप्त गर्न निर्वाचित हुनुभएकाे छ भने उहाका निकटतम प्रतिस्पर्धी मञ्जिमा ढकालले १०५ मत प्राप्त गर्नुभएकाे छ  ।

सञ्चारिका समूहको ८ जना सदस्यमा भने अजवी पौड्याल, कल्पना शर्मा, कालिका शिवाकोटी, तारा चापागाई, दीपा रेग्मी, देवी साकोटा, विष्णु पन्थी र सम्झना वन निर्वाचित हुनुभएकाे  छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय