अधिवेशनको बर्ष २०८२ : युवा नेता युवराज पाण्डे

२०८२ बैशाख ६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,६ बैशाख । नेपाली काङ्ग्रेसका युवा नेता महासमिति सदस्य युवराज पाण्डेले २०८२ बर्ष नेपाली काङ्ग्रेसको अधिवेशन बर्ष भएको बताउनु भएको छ ।

नेपाली काङ्ग्रेस स्याङ्जा काठमाडौ सम्पर्क समितिले सनिवार गोधुली फुडल्याण्डमा आयोजना गरेको नव बर्ष २०८२ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले यो बर्ष नेपाली काङ्ग्रेस पार्टीका लागि महत्त्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले नेपाली काङ्ग्रेस पार्टीका सबै भातृ संगठनको अधिवेशन हुने दाबी गर्दै यो बर्ष पार्टीको अधिवेशन बर्ष हुने दाबी गर्नुभयो ।

महासमिति सदस्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय