काठमाडौं,६ बैशाख । प्रेस चौतारीले कारबाही गरेका दुईजना सदस्य सञ्चारिका समूहको निर्वाचनमा विजयी हुनुभएकाे छ ।
सङ्गठनको निर्णय विरुद्ध उम्मेदवारी दिएको भन्दै चौतारीबाट निलम्बनमा परेका चार जनामध्ये दुईजना महिला केन्द्रीय सदस्य तारा चापागाईं र दीपा रेग्मी निर्वाचित हुनुभएकाे हाे ।
चौतारीले पूर्व केन्द्रीय सचिव लोग्शरी कुँवरसहित पूर्व केन्द्रीय सदस्य पवित्रा सुनार केन्द्रीय सदस्य तारा चापागाईं र निर्वाचन आयोगकी सदस्य दीपा रेग्मीलाई सङ्गठनको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेर विज्ञप्ति निकालेको थियो । कारबाहीमा परेकामध्ये चापागाईं र रेग्मी निर्वाचित भएका हुन् ।
यता, चौतारीकी पूर्व सचिव कुँवरले १०० मत प्राप्त गर्नुभएकाे छ भने अध्यक्षको उम्मेदवार सुनुवारले ८७ मत प्राप्त गर्नुभएकाे छ ।
महिला पत्रकारहरूको सङ्गठन सञ्चारिकाको निर्वाचन शुक्रबार बेलुका सम्पन्न भएको थियो ।