स्याङ्जाका सडकलाई जोखिम मुक्त बनाउने अभियानमा छौं : उपसभापति गुरुङ

२०८२ बैशाख ६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,६ बैशाख । नेपाली काङ्ग्रेसका उपसभापति,पुर्व मन्त्री धनराज गुरुङले स्याङ्जाका सडकहरुलाई जोखिममुक्त बनाउने अभियानमा लागेको बताउनु भएको छ ।

नेपाली काङ्ग्रेस स्याङ्जा काठमाडौ सम्पर्क समितिले शनिवार गोधुली फुडल्याण्डमा आयोजना गरेको नव बर्ष २०८२ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले सिद्धार्थ राजमार्गको स्तर उन्नति देखि भित्री सडकहरु जोखिममुक्त बनाउने अभियानमा लागेको बताउनुभएको हो । विकास निर्माणमा राजनीति गर्न नहुने भन्दै सबै मिलेर मात्रै जिल्लाको विकास सम्भव हुने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै उहाँले एक पार्टीले अर्को पार्टीलाई गाली गर्दैमा गणतन्त्र बलियो नहुने धारणा समेत राख्नु भएको थियो ।

कार्यक्रममा त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित स्याङ्जाका गोबिन्द कोइराला र नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनबाट केन्द्रिय सदस्यमा निर्वाचित स्याङ्जाका भूपराज बस्याललाई सम्मान गरिएको थियो ।

सम्पर्क समितीका सभापति देवि प्रसाद अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सुरेश थापाले गर्नुभएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति प्रतिनिधि सभा सदस्य राजु थापा,केन्द्रिय सदस्य नानू बस्नेत र सीता देवकोटा,नेपाली काङ्ग्रेस गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठ,महेश भट्टराई,युवराज पाण्डे,दिपक न्यौपाने,गोबिन्द कोइराला,इ।रामचन्द्र काफ्ले,महेश्वर शर्मा पौडेल,लक्षण भुसाल लगायतले मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय