रविको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि संयुक्त इजलासमा सुनुवाइ हुने

२०८२ बैशाख ९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट सर्वोच्चको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको मंगलबारको एकल इजलासले प्रारम्भिक सुनुवाई पछि उक्त रिट संयुक्त इजलासमा पठाउने आदेश गरेको हो ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गत २२ चैतमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा राखी पुर्पक्ष गर्नु भन्ने आदेश गरेको थियो । त्यसयता रवि भैरहवा कारागारमा छन् ।

सोही आदेश खारेजको माग गर्दै उनकी पत्नी निकिता पौडेलले आइतबार रविलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय