काठमाडाै सप्ताहव्यापी राष्ट्रभक्तिले ओतप्रोत, श्रीमद्भागवत महापुराण

२०८२ जेष्ठ ९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कृष्णप्रसाद ढकाल

काठमाडाै ,८ जेठ । काठमाडाै महानगरपालिका १६ स्थित ऐराहिटी च्छोरोल्पा पार्टी प्यालेसको विशाल हलमा सप्ताहव्यापी श्रीमद्भागवत महापुराण दिव्य प्रवचन थालनी भएको छ ।

अनुष्ठानको पूर्वसन्ध्यामा हुने कलशयात्रा आज सम्पन्न गरिएको छ, जसमा प्रायः महिला दिदीबहिनीहरुको शिरमा कलश, दाज्युभाईहरुका हातमा राष्ट्रिय झण्डा लगायत धार्मिक सामाग्रीले शुसज्जित अत्यन्त आकर्षक देखिने लामबद्ध भव्य जुलुस भजनकिर्तन गर्दै ऐराहिटी, राधाकृष्ण मन्दिर नागार्जुन, नागरिकबजार, खरिबोट, भृकुटी टोल, हुँदै पुनः ऐराहिटी च्छोरोल्पा पार्टीप्यालेसमा आइसकेपछि कलश यात्रा समापन गरिएको थियो ।

काठमाडाै महानगरपालिका १६ स्थित ऐराहिटी च्छोरोल्पा पार्टीप्यालेसमा हुँदैगरेको यही २०८२ ज्येष्ठ ७ गतेबाट १३ गते सम्मको राष्ट्रभक्तिले ओतप्रोत सप्ताहव्यापी अनुष्ठान श्रीमद्भागवत महापुराणमा आधारित नेपालको महिमा सहितको दिव्य प्रवचन नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगद्गुरु अनन्तश्रीविभूषित श्रीवालसन्त मोहनशरण देवाचार्य महाराजश्रीका नै मुखारबिन्दबाट भइरहेको छ ।

श्रीमद्भागवत सत्संग आयोजक समितिको ओजनामा संचालन भएको यस कार्यक्रममा काठमाण्डौ महानगरपालिका पुर्व मेयर राजाराम श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो । अनुष्ठानमा उपस्थित भक्तजनहरु साथै टाढाटाढाबाट आउनु भएका पाहुनाजनहरुलाई वालसन्त जगद्गुरु आफैले रुद्रक्षमाला तथा सयपत्री फुलको सुन्दर माला सहित सम्मान गर्नुभएको हो ।

यस अनुष्ठानका दीव्य प्रवचनमा रहनुहुने जगद्गुरु महाराजश्रीले २५ बर्षको कलिलो उमेरमै नेपालको बराहक्षेत्र नजिकै सुनसरीस्थित चतराधामलाई प्राचीन हरिद्धार भएको कुरा सिद्ध गरी शास्त्रमा उल्लेखित विश्वको पाँचौ कुम्भस्थलका रुपमा चतराधाममा पहिलोपटक कुम्भमेलाको आयोजना गराउनु भएको थियो । काँशी लगायत विश्वका विशिष्ट धर्माचार्य एवं आधिकारिक वैदिक सत्सम्प्रदायका जगद्गुरुहरुका बीचमा शास्त्रार्थ गराउँदै उक्त कुम्भलाई अनुमोदन र स्थापित गराउन सफल हुनुभएपछि वाँहालाई वैदिक सनातन धर्मका सैयौं विशिष्ट विद्धानहरुको १४० बर्ष पुरानो आधिकारिक संस्था “काशी पण्डितसभा”ले वि.सं.२०६७ वैसाख १ गते औपचारिक निर्णयबाट ३३ बर्षकै उमेरमा जगद्गुरुको उपाधिद्धारा विभूषित गरी उक्त काशीविद्धत परिषदले जगद्गुरुको सम्मान तथा अभिनन्दन गरेको थियो ।

अनुष्ठान कार्यक्रममा शंखमूल पीठका अध्यक्ष एवम् पूर्व क्षेत्रीय प्रशासक टिकाराम अर्याल, केषाध्यक्ष दयानिधी दवाडी, रेडियो नेपालका पुर्व धार्मिक कार्यक्रम प्रस्तोता पुरुषोत्तम सापकोटा,जगद्गुरु जन्मस्थल संरक्षण तथा पूर्वियदर्शन अध्ययन केन्द्रबाट प्रवक्ता तथा ईतिहासविद कृष्णप्रसाद ढकाल, स्थानीय दीपक अधिकारी लगायतको विशाल उपस्थितिमा भव्यरुपमा प्रथम दिवशीय धार्मिक अनुष्ठान थालनी भई संचालन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय