काठमाडौं, ९ जेठ । गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षा मुलुकको पहिलो सर्त भएकाले यसमा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
शुक्रबार जनकपुरमा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठि उद्घाटन गर्दै मन्त्री लेखकले शान्तिसुरक्षा नभए मुलुकमा सुशासन कायम हुन नसक्ने भएकाले सबै सुरक्षा निकायहरुलाई जिम्मेवारीपूर्वक र अनुशासित रूपमा कार्य गर्न निर्देशन दिनुभयो ।
उहाले बिकास र समृद्धिका साथै आर्थिक गतिविधि चलायमान बनाउन मुलुकमा शान्ति सुरक्षा कायम हुनुपर्ने बताउनुभयो । १० बर्षको सशस्त्र द्वन्द्वका समयमा शान्ति सुरक्षाको स्थीति कमजोर भएकाले बिकासका काम अवरुद्ध भएको उहाले बताउनुभयो ।
सीमानाकाबाट हुने चोरीपैठारीले राजस्व घटिरहेको, आन्तरिक व्यापार कमजोर भएको र सीमामा अपराध बढिरहेको भन्दै मन्त्री लेखकले यसलाई नियन्त्रणका लागि मेहनतका साथ लाग्न आग्रह गर्नुभयो । ब
उहाले नेपाल प्राकृतिक प्रकोपको जोखिममा रहेकाले बिपद् प्रतिकार्यको तयारीलाई पूर्ण बनाउनुपर्ने जोड दिनुभयो । बिपद् प्रतिकार्यमा सुरक्षा निकायको भुमिका महत्वपूर्ण रहेको उहाले बताउनुभयो