आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतार्नुपर्छ : राष्ट्रपति पौडेल

२०८२ जेष्ठ १०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ९ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतार्नुपर्ने बताउनुभएको छ ।

देशभित्रका विभिन्न गुम्बाहरूबाट सहभागी भई ४७ औं लामा देशदर्शन भ्रमण सम्पन्न गरी फर्किएका लामा आनी सहभागी कार्यक्रमलाई शुक्रबार शीतल निवासमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बौद्ध धर्मले आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसाको अमूल्य शिक्षा प्रदान गर्दै आएकाले यसलाई सबैले व्यवहारमा उतार्न सक्नुपर्ने बताउनुभएको हो ।

मूर्त र अर्मूत बौद्ध सम्पदाको जगेर्ना गर्दै बौद्ध दर्शनको जीवनोपयोगी पक्षलाई व्यवहारमा उतार्न सके मुलुकको हितार्थ उपयोगी मार्ग प्रशस्त हुँदै जाने उहाले बताउनुभयो । यस किसिमको भ्रमणले बौद्ध धर्म, दर्शनको संरक्षण विकास र प्रर्वद्धनमा टेवा पु¥याउँदै धार्मिक पर्यटन अभिवृद्धि गर्न सकारात्मक भूमिका निर्वाह गर्ने उहाँको भनाई थियो ।

उहाले बौद्ध दर्शन प्रवद्धर्न तथा गुम्बा विकास समितिले नेपाली समाजमा बौद्ध शिक्षा, साधना र सांस्कृतिक जागरणका क्षेत्रमा पु¥याउँदै आएको योगदान सराहनीय रहेको धारणा पनि राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय