इन्डो नेपाल सिएसआर समिट काठमाडौंमा सम्पन्न, भारतका प्रतिनिधिहरुले सिएसआरको विषयमा के भने ?

२०८२ जेष्ठ ११, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, १० जेठ । संस्थागत सामाजिक उत्तरदायित्व (CSR) क्षेत्रलाई मजबुत बनाउन र नेपाल–भारतबीचको सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले बिफक्याप नेपालको आयोजना तथा जि (dZi) फाउन्डेसनको को सहकार्यमा ( इन्डो नेपाल सिएसआर समिट काठमाडौँमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभाकी उप सभामुखले नेपालमा सिएसआरका रकमहरु खर्च गर्ने सन्दर्भमा त्यती धेरै प्रभावकारी नभइरहेको र कर्पोरेट कम्पनीहरुले यसलाई ध्यान दिन नसकिरहेको बताउनुभयो ।

उहाँले सिएसआरका कार्यक्रमहरुले ठूलो प्रभाव पार्ने र धेरै नेपाली समाजहरु लाभान्वित हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, हामीले सिएसआरको पोलिसी बनाउन बहसहरु गरिरहेका छौँ । यसमा कर्पोरेट कमुनिटिजहरुले पनि बहस गर्न जरुरी छ । सिएसआर भनेको पैसा मात्रै होइन । यो व्यवसायको कर्तव्य र समाजसेवा पनि हो ।

यस्तै कार्यक्रमका विशिष्ट बक्ता नेपाल इन्डिया चेम्बर अफ कमर्स एण्ड इन्डस्टीजका उपाध्यक्ष एवंम सूर्य नेपालका प्रबन्ध निर्देशक रवि रायवरमले सिएसआर जस्तो महत्वपूर्ण छलफल भएको पाउँदा खुशी भएको व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, सूर्य नेपाल र अन्य नेपालका ठूला कर्पोरेटहरुले सिएसआरमा कुनै न कुनै किसिमको सहकार्य गर्दा दिगो विकासमा टेवा पुग्ने देखिएको छ ।

कार्यक्रममा विफक्याप नेपालका सिइओ मनोज रेग्मीले सिएसआर समिटबाट प्राप्त रकमले पूर्व नेपालका ३ वटा जिल्ला भोजपुर, सोलुखुम्बु र खोटाङका ४०० जना उद्यमीहरुलाई वित्तीय साक्षरता पनि दिँने जानकारी दिनुभयाे। यस्तै आगामी वर्ष एशिया सिएसआर समिट पनि गर्ने जानकारी दिनुभयाे । यस्तै कार्यक्रमका सत्रहरुमा इन्डीयाका विभिन्न संस्थाहरुका प्रतिनिधिहरुले सिएसआरका मोडालीटीहरु प्रभावकारी बनाउनुपर्छ त्यसपछि बल्ल समाजमा उल्लेखीय समाजसेवाका कार्यक्रमहरु स्थापना गर्न सकिने जानकारी दिनुभयाे ।

कार्यक्रममा नेपालका प्रतिष्ठित सांसदहरु, मन्त्रालयका उच्च पदस्थ व्यक्तित्वहरु भारत र नेपालका बरिष्ठ सिएसआर विशेषज्ञहरु तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु, निजी क्षेत्रका प्रतिनिधहरुको उपस्थिती रहेको थियो ।

बिफक्याप नेपालले देश तथा विदेशमा रहेका विभिन्न संघ संस्थाहरुमा उद्यम गर्ने हजारौं युवाहरुमाझ विभिन्न सीपमुलक कार्यक्रमहरु, मानव विकास, क्षमता अभिवृद्धि जस्ता थुप्रै महत्वपूर्ण कार्यक्रमहरु संञ्चालन गर्दै आइरहेको छ । साथसाथै विफक्याप नेपालले विभिन्न किसिमका संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु एवंम वित्तीय साक्षरताका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आइरहेको छ । नेपालमै पहिलोपटक सांसदहरुमाझ वित्तीय साक्षरता प्रदान गर्ने संस्थाको रुपमा पनि बिफक्याप नेपाल परिचित छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय