विपक्षी दलहरूको बैठक बानेश्वरमा जारी

२०८२ जेष्ठ २०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २० जेठ ।  प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूको बैठक सुरू भएको छ। माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा विपक्षी दलको बैठक बसेको हो। प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भनेर छलफल गर्न बैठक बसेको हो। प्रतिनिधि सभा बैठकमा आजदेखि आर्थिक वर्षको बजेटमाथि छलफल सुरू हुँदैछ। त्यसका लागि बिहान ११ बजे बैठक बोलाइए पनि अहिलेसम्म बस्न सकेको छैन।

१५ जेठमा संसदमा बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलहरूले भने आजदेखि बजेटमाथिको छलफलमा अवरोध जारी राख्ने बताउनुभएकाे छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान लिएका छन्। संसदको अवरोधबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बेलुका तीन दलका शीर्ष नेताको बैठक बोलाउनुभएकाे थियाे। नेकपा माओवादी केन्द्रले भने आफ्नो अडान कायमै राखेपछि छलफल निष्कर्षविहीन भएको भएको थियो। जेठ ७ गतेदेखि गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरूले संसद अवरोध गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय