स्रष्टा सम्मान रचना बाचन एबम् रजस्थल साहित्यिक पत्रिकाको सताङक विमोचन कार्यक्रम

२०८२ जेष्ठ २५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, २५ जेठ । स्रष्टा सम्मान रचना बाचन एबम् रजस्थल साहित्यिक पत्रिकाको सताङ्क विमोचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम स्याङ्जा साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार जिल्ला समन्वय समिति स्याङ्गजाको सभा हल मा सम्पन्न भएको हो।

कार्यक्रममा उत्कृष्ट छ जना स्रष्टालाई सम्मान गर्ने कार्यक्रम रहेकोमा एक जना स्रष्टा सहभागी हुन नसक्नु भएको हुँदा पाँच जना स्रष्टालाई विभिन्न विधाबाट छनोट गरी सम्मान गरिएको संस्थाका अध्यक्ष विश्व प्रेम अधिकारीले जानकारी दिनुभयो। सम्मानित स्रष्टा मा शान्ति सापकोटा, धनेश्वर भट्टराई, प्रा डा जगन्नाथ रेग्मी, सदानन्द रिजाल र नारायण पोखरेल पुरस्कार राशी दोसल्ला र सम्मान पत्र बाट पुरस्कृत तथा सम्मानित हुनुभएको छ।

२०५२ सालमा स्थापित स्याङ्जा साहित्य प्रतिष्ठानको पुरस्कार वालिङ्ग १२ स्याङ्जाका हाल ललितपुर बस्ने शान्ति सापकोटा लाई यानिती पुरस्कार बाट सम्मान गरिएको छ। यादव निलकण्ठ तिला कुमारी ( यानीती)नामको सम्झनामा तुलसी गिरीको सहयोग पुरस्कृत तथा सम्मान गरिएको हो। सापकोटा ले लामो समय देखि बाङमय सेवामा क्रियाशील रही नेपाली बाल साहित्य को क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै २०८२ को यानिति साहित्य पुरस्कार सहित सम्मान गरिएको हो।

त्यसै गरी २०५३ सालमा स्थापित २०८२ को कालीगण्डकी साहित्य कला पुरस्कार बाट तनहुँ राईपुर हाल भरतपुर चितवन रहने प्रा डा धनेश्वर भट्टराई लाई सम्मान गरिएको छ। भट्टराई सृजना र अनुसन्धान का माध्यम बाट नेपाली भाषा साहित्यको श्रीवृद्धि मा पुर्याउनु भएको योगदानको मुल्यांकन गर्दै २०८२ को काली गण्डकी साहित्य कला पुरस्कार सहित सम्मान गरिएको हो।

त्यसै गरी २०१९ सालमा स्थापित राङ्गखोला लक्ष्मी स्मृति पुस्तकालय बाट जलजला ५ पर्वत का हाल कास्की पोखरा बस्ने प्राध्यापक डाक्टर जगन्नाथ रेग्मी लाई सम्मान गरिएको छ। रेग्मी नेपाली साहित्य को सृजना समालोचना र अनुसन्धानका क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै २०८२ को महाकवि देवकोटा पुरस्कार सहित सम्मान गरिएको हो।

त्यसै गरी रुएली ९रुकमाङ्गत एशोधा लिला० को सम्झना मा स्याङ्जा साहित्य प्रतिष्ठान का अध्यक्ष विश्व प्रेम अधिकारीले सञ्चालन गर्नुभएको पुरस्कार बाट सदानन्द रिजाल सम्मानित हुनुभएको छ । त्यसै गरी प्रकृति तथा पर्यावरण क्षेत्रमा योगदान पुर्याउनु भएको भन्दै उप्रान्त काव्य का आधारमा गोरखा जिल्ला लखनथापा गाउँपालिका का नारायण प्रसाद पोखरेल लाई सम्मान गरिएको छ। यसमा निर्मल गिरी र टुकु गिरीको सम्झनामा तुलसी गिरीको सञ्चालन मा उहाँलाई सम्मान गरिएको हो।

कार्यक्रम मा रजस्थल साहित्यिक पत्रिकाको सताङक विमोचन कार्यक्रम स्रष्टा सम्मान र सहभागी हुनुभएका भूमिराज बस्ताकोटी, सम्भु अर्याल, विष्णु शर्मा, अम्बिका प्रसाद भट्टराई, मिलन समिर लगायत धेरै जनाले गीत गजल कविता बाचन गरेर कार्यक्रम मा मनोरञ्जन र आकर्षक थप्नु भएको थियो।

कार्यक्रम मा वक्ताहरुले साहित्य को माध्यम बाट विविध क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर स्वरूप समाज मा सकारात्मक संदेश प्रबाह गर्न र भएका त्रुटि लाई मार्गदर्शक गर्न मा साहित्य क्षेत्रको सकारात्मक भूमिका रहने उल्लेख गर्नु भएको थियो। नकारात्मक प्रवित्ति को खवरदारी गर्न समाजमा सकारात्मक संदेश प्रवाह गर्न पनि साहित्य को भुमिका अग्रणी रहेको वक्ताहरुले उल्लेख गर्नुभएको थियो।

कार्यक्रम मा निर्मोही व्यास को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम स्याङ्जा साहित्य प्रतिष्ठान का अध्यक्ष विश्व प्रेम अधिकारीले को अध्यक्षतामा प्रमोद प्रज्ञानी ले सञ्चालन गर्नुभएको थियो। कार्यक्रम मा स्याङ्जा साहित्य प्रतिष्ठान का पदाधिकारी, साहित्य संस्थाका पदाधिकारी तथा सदस्य, साहित्य मा योगदान पुर्याउने व्यक्तित्वहरू, रुचि राख्ने विविध तह र पदमा रहनुभएको विविध व्यक्तिहरू र सर्वसाधारणको समेत सहभागिता रहेको थियो। स्याङ्जा साहित्य प्रतिष्ठान को संस्थापक अध्यक्ष स्व शिवकुमार अधिकारी हुनुहुन्नथ्यो भने उहाको व्यस्तताको बावजूद दोस्रो कार्यकाल मा देवी प्रसाद बन् बासे लाइ कार्यबाहक दिए सँगै केही कारीकालुबाकै अध्यक्षतामा रहे पछि जय प्रसाद पौडेल र उहाको कार्यकाल पछि विस्वप्रेम अधिकारी ले निरन्तरता दिँदै अहिले नया समिति चयन प्रक्रियामा स्याङ्जा साहित्य प्रतिष्ठान रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय