भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना,२४२ यात्रु सवार

२०८२ जेष्ठ २९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भारत, २९ जेठ। भारतको अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए ।

विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल क्याम्पससँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो धुवाँ उडेको छ । दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ भने ७ वटा दमकल र एम्बुलेन्स पनि दुर्घटनास्थलमा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार