काठमाडौं ,२९ जेठ । एयर इन्डियाको जहाज दुर्घटनामा कम्तीमा १३३ जनाको मृत्यु भएको छ। अस्पताल स्रोतले कम्तीमा १३३ जनाको मृत्यु भएको जानकारी दिएको छ। मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
भारतको गुजरातस्थित अहमदाबादबाट लन्डनका लागि उडेको एआई१७१ फ्लाट नम्बरको जहाज केही मिनेटमै दुर्घटना भएको थियो। उक्त जहाज अहमदाबादको मेघानीनगरस्थित बस्तीमा खसेको थियो।
विमानमा क्रुसहित २४२ जना यात्रु रहेको बताइएको छ।