भिरकोट नगरपालिकाकाे कालिकाकोट स्वास्थ्य चौकीमा आठ क्षयरोग बिरामी फेला

२०८२ असार १, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, १ असार । ए आई एक्सरे मेसिनको प्रयोग गरी भिरकोट नगरपालिका वडा नम्बर १ कालिकाकोट स्वास्थ्य चौकीमा आईतबार क्षयरोगको खोज तथा परीक्षण गर्दा ८ जना क्षयरोग का विरामी पत्ता लागेका छन ।

कालिकाकोट स्वास्थ्य चौकीमा पोर्टेबल एक्सरे मेसिनको प्रयोग गरी स्थानीय बासिन्दाहरूको छाती परीक्षण गरी क्षयरोगको पहिचान गरिएको र सफलतापूर्वक सम्पन्न भएको स्वास्थ्य शाखाकी अन्जु सापकोटाले जानकारी दिनुभयो।

पोर्टेबल एक्सरे मार्फत ३ सय ९३ जनाको परिक्षण गर्दा ८ जना व्यक्तिमा क्षयरोग पोजिटिभ देखिएको भिरकोट स्वास्थ्य शाखाकी सापकोटाले जानकारी दिनुभयो। जसमा २२ जना संभावित क्षयरोग सम्बन्धित संका लागेको भएर नमुना खकार संकलन गरी थप परीक्षणको लागि पठाइएको पनि उहाँले बताउनुभयो।

पोर्टेबल एक्सरे मार्फत क्षयरोग खोज तथा अनुसन्धान कार्यक्रम भिरकोट नगरपालिकाको आयोजनामा र JANTRA को समन्वयमा, कालिका कोट स्वास्थ्य संस्थाको सहकार्यमा सञ्चालन गरिएको हो।

सक्रिय खोज अनुसन्धान बाट बिरामीलाई क्षयरोगको प्रारम्भिक पहिचान र रोकथामको लागि सहयोग पुग्ने रोगको बारेमा जानकारी भए पछि सतर्कता रहन र सिघ्र उपचारको लागि बिरामीलाई सहज हुने अपेक्षा गरिएको पनि सापकोटाले बताउनुभयो।

कार्यक्रममा भिरकोट नगरपालिका प्रमुख गोविन्द कुमार कर्माचार्य, उपप्रमुख भगवती अर्याल, वडाध्यक्ष तथा सदस्य हरु लगायत चेक जाँचको लागि स्थानियहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय