ककनी गाउँपालिकाको एक घरमा बाढी पस्दा महिला बेपत्ता

२०८२ असार १३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

त्रिशूली,१३ असार । अविरल वर्षासँगै आएको बाढीले ककनी गाउँपालिका-१ कागतीगाँउस्थित भसीबुमा एक महिला बेपत्ता भएकी छन् ।

बिमचा खोल्सी (कोल्पु खोला)मा आज बिहान आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयाे ।

उहाँको अनुसार लेदो र ग्रेगानसहितको बाढी घरमा पसेपछि भाग्न खोज्दा बिमलालाई बगाएको हो । हाल उहाँको खोजी भइरहेको जनाइएको छ । बाढीका कारका श्रीमान् ३६ वर्षीय अशोक बलामी घाइते भएको र उपचारका लागि काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय