काठमाडौंको कमलादीबाट टुँडिखेलसम्म ऐतिहासिक रथयात्रा

२०८२ असार १३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,१३ असार। ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव काठमाडौंमा आयोजना गरिएको छ ।

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोनको आयोजनामा शुक्रबार काठमाडौंको कमलादीबाट टुँडिखेलसम्म ऐतिहासिक श्री जगन्नाथ रथयात्रा आयोजना गरिएको हो ।

उक्त रथयात्रा महोत्सव–कमलादी–घण्टाघर–दरबारमार्ग–पुतलीसडक–प्रदर्शनीमार्ग–भद्रकाली–एनएसी–न्यूरोड–बसन्तपुर–न्युरोड हुँदै टुँडिखेलमा पुराइएको थियो । यसक्रममा भक्तजनहरु भगवान् नामको कीर्तन गरेर भगवान्को आराधना गरी हर्षोल्लासपूर्ण विधिले उत्सव मनाउने गरिन्छ ।

श्रीजगन्नाथ रथयात्राको मूल आकर्षण भगवान् श्रीजगन्नाथ, बलराम र सुभद्राजीलाई विशेष रूपमा सजाइएको भव्य रथमा विराजमान गराई नगर परिक्रमा गराउने ऐतिहासिक तथा धार्मिक परम्परा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय