स्याङ्जा, २० असार । आँधीखोलामा एक महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
पुतलीबजार नगरपालिका १ ठाडो लाईन डेरा गरी बस्ने सोही नगरपालिका १३ बिसौना घर भएकी २३ वर्षीया सुस्मा घर्ती भुजेल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ ।
पुतलीबजार नगरपालिका १ मालेबगरस्थित आँधीखोला पुलमुनी घर्ती मृत अवस्थामा फेला परेकी हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।