त्रिविको वार्षिक साधारणसभाबाट ६३औँ ग्रेस लिष्ट पारित

२०८२ असार २६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २६ असार । त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार बसेको बैठकमा रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालद्वारा प्रस्तुत गर्नुभएको ग्रेस लिष्ट पारित गरेको हो ।

बैठकमा आर्थिक वर्ष २०८२–०८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ । बैठकमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ओलीले विश्वविद्यालयलाई २१ औँ शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रुपमा स्थापित गर्न आग्रह गर्नुभएको थियो ।

सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले त्यस अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालले विश्वविद्यालयमा कुल विद्यार्थीको कम्तीमा एक प्रतिशत विदेशी विद्यार्थी हुने गरी लाग्नुपर्ने धारणा राख्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय