पूजा खड्का
स्याङ्जा,२६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय नेतृत्व क्षमता विकास विभाग सदस्य दिङकर नेपाल र गण्डकी प्रदेश प्रशिक्षण समिती सदस्य प्रकाश अर्यालले सामाजिक संजालमा वालिङ नगरपालिकाको मेयर उठ्ने घोषणा गरेपछि यी दुइको प्रतिस्पर्धाले वालिङमा बेला बेलामा तनाव सिर्जना हुने गरेको छ ।
दुबैले एक अर्कालाई बलियो देखाउन गरेका विभिन्न गतिविधिको प्रत्यक्ष असर समाजमा परेको छ । सामाजिक इशु उठाउने नाउँमा जथाभावी इशु उठाउदा नेता बन्नको लागि जथाभावी इशु उठाउन पर्ने रहेछ भन्ने सन्देश समाजमा पुगेको छ ।


नगरपालिकाबाट स्वीकृत लिएर उठान गरिएको ढुङ्गा गिटिको अबरोध गर्दा असार ३ गते कुटाइ खाएकाे भन्दै दिङकर नेपालको राष्ट्रिय मिडिया देखि सबैतिर चर्चा छाएपछी नेपालसंगै पार्टी भित्र मेयरको उम्मेदवार प्रतिस्पर्धामा रहेका प्रकाश अर्याल पनि फेरि अर्को घटनाका कारण यतिबेला जतासुकै चर्चामा छन् ।
प्रकाश अर्यालले कुटपीट गरेको भन्दै एक मजदुर प्रहरीकहाँ पुगेपछि अर्यालको घटना पनि बाहिर आएको हो । राजकुमार राइले अर्याल विरुद्ध वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएपछि अर्याल र नेपालको आन्तरिक प्रतिस्पर्धा सतहमा आएको हो ।
पीडितको उजुरीकाे आधारमा पक्राउ परेका अर्याललाई पीडितको उपचार खर्च बेहोर्ने सहमतिमा छोडिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख दधिराम न्यौपानेले जानकारी दिनु भयो। घटनाबारे अनुसन्धान गर्न अर्याललाई नियन्त्रणमा लिएको र अहिले पीडित पक्षसगं सहमति भई उपचारको खर्च व्यवस्था मिलाई थप आवश्यक कारबाही पछि गर्ने गरी छोडिएको न्यौपानेले जानकारी दिनुभयो ।
त्यसैगरी नेपालको तुलनामा बौद्धिक र बैंकिङ्ग क्षेत्रमा अनुभव भएका अर्यालको उमेदवारी नेपाल लाई भारी पर्ने देखिदै गर्दा अर्याल पनि कुटपिटमा संलग्न खबर बाहिर आएपछि चर्चामा आउनको लागि स्टण्ड गरेको हो या छवि नै यस्तै किसिमको हो रास्वपाको नेतृत्व माथि प्रश्न खडा भएको छ।