संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ

२०८२ असार २६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,,२६ असार । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बानेश्वर स्थित टेकस्पायर कलेजका प्राध्यापक सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिनुभयाे।

पक्राउ पर्नेमा प्राध्यापक विजय बाबु रेग्मी, टेकस्पायर कलेजका विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा छन् ।

असार २४ मा बिहान साढे ९ बजेतिर संसद् भवनमा खसेको अवस्थामा ड्रोन भेटिएको थियो । निषेधित क्षेत्रमा ड्रोन भेटिएपछि त्यसबारे संसद्‌मा कुरा उठेको थियो ।

टेकस्पायर कलेजले विद्यार्थीहरूलाई ड्रोन निर्माण गर्ने टास्क दिएको र सो ड्रोन परीक्षणको क्रममा संसद् भवनमा खसेको अनुसन्धानबाट थाहा भएको छ । असार २३ मा राति विद्यार्थीहरूले परीक्षण गर्दा सिग्नल लस्ट भएर सो ड्रोन खसेको विद्यार्थीहरूले प्रहरीलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय